विवादमा तानिएपछि निरुताले भनिन्, ‘मैले कहाँ र कहिले लेखे मेरो लागि महानायक राजेश हमाल नभएर भुवन केसी हो’ ?



१९ साउन २०७७, काठमाडौँ

निरुता सिंह कुनै समयकी निकै नै चर्चित नेपाली नायिका हुन् । अहिले उनी नेपाली चलचित्रमा त्यति देखिएकी छैनन् । उनै निरुता यतिबेला सामाजिक सञ्जालमा विवादमा तानिएकी छिन् । केहीसमय अघि सुरु भएको महानायक कन्ट्रोभर्सि अझैपनि सेलाइसकेको छैन । यसैबिच नायिका निरुता सिंहले धेरै समय अगाडी लेखेको स्टाटसका कारण उनी समस्यामा परेकी छिन् ।

राजेश हमालका फ्यानले निरुताले भुवन केसीलाई महानायक भन्न खोजेको भन्दै उनको विरोध गरिरहेका छन् । धेरैले निरुताले भुवनको साइड लिएर राजेश हमाल नराम्रो भन्न खोजेको समेत बताएका छन् ।

यसबारे निरुताले आफ्नो भनाइ राखेकी छिन् । एनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै दर्शकलाई मैले कहाँ र कहिले राजेश हमाल महानायक होइन भनेकी छु ? भनेर प्रश्न गरेकी छिन् ।

उनले लेखेकी छन्,‘ मैले कहाँ र कहिले यो लेखेको छु कि मेरो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर रु मैले मेरो स्टाटसमा आज को कुरा लेखेको हैन , मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राखेको थिएन । जुन बेलामा मैले भुवन केसीको सिल्वर जुबली चलचित्र कुसुमे रुमाल, सम्झना, साईनो लगायत अन्य चलचित्रहरू हेरेको थिएँ । ’

निरुताले आफ्नो भनाईलाई आज भन्दा ३१ बर्ष भन्दा अगाडीको कुरा गरेको बताएकी छन् । त्यो बेला राजेश हमालले नेपाली फिल्ममा पाइला टेकेका थिएनन् । उनले आफु विवादमा परेपछि आफुले अहिलेको कुरा नगरेको र धेरै पहिलाको कुरा गरेको भन्दै, आफुले सानो हुँदाको महानायक शब्द भनेर लेखेको बताएकी छन् । यस विषयमा नेपाली दाजुभाईले कुरा नबुझेको उनको धारणा छ ।

उनले आफुले अहिले पनि महानायक राजेश हमाल नै भएको लेखेकी छन् । उनले भनेकी छन् , ‘ म नेपाली चलचित्र को एउटा कलाकार को नाताले के मलाई मेरो अग्रज दाई अनि दीदीहरू लाई सम्मान पूर्व उपाधि दिने अधिकार पनि छैन र रु’ उनको प्रश्न नेपाली दाजुभाई माथी गरेकी छन् । जसले उनको विरोध गरेका छन् । नेपाली अग्रज कलाकार सबै महानायक नायिका भएको उनको धारणा रहेको छ । उनले राजेश हमाल लगायत भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य,मदन कृष्ण श्रेष्ठ, नीर शाह लगायत कलाकारलाई महानायक भएको बताएकी छन् ।  उनले थप लेखेकी छन् , ‘हाम्रो पहिलो नायिका भुवन चन्द , बसुन्धरा भुषाल करिश्मा मानन्धर, गौरी मल्ल,मिथिला शर्मा अन्य कलकार महानायिका भएको हुन् ।

निरुता सिंह मात्र सायद यस्ति नायिका होलिन् जसले आजसम्म कुनैपनि प्रकारका विवादहरु खेप्नु परेको छैन । भलै नेपाली चलचित्र क्षेत्रबाट अहिले उनी टाढा छिन् । तर अझैपनि धेरै दर्शकले आफूलाई सबैभन्दा बढी मनपर्ने नायिकाको रुपमा निरुता सिंहलाई नै हेर्ने गरेका छन् ।

उनले २७ बर्ष नेपाली चलचित्र क्षेत्रमा निरन्तर काम गरेकी छिन् । उनको नेपाली चलचित्र क्षेत्रप्रतिको योगदान बिर्सन कहिल्यै पनि सकिदैँन । हुन त यस्ता सानातिना कुराले निरुतालाई खासै असर भने पार्दैन ।

प्रतिक्रिया दिनुहोस्