सशस्त्र द्वन्द्वमा बन्दुकको छर्रा लागेर गम्भीर बिरामी भएका सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ सुनखानीका माओवादीका पुर्व लडाकुलाई उपचारका लागि पुर्व वाईसियल नेपाल का नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन ।
युद्धका क्रममा बन्दुकको छर्रा मुखमा लागेपछि घाइते भएका पूर्व लडाकु नैनबहादुर तामाङको त्यही घाउ बल्झिएर क्यान्सर भएपछि आर्थिक अभावमा उपचार गर्न समस्यामा थिए । सञ्चार माध्यम र सामाजिक सञ्जालमा क्यान्सर रोगबाट पीडित भएपनि उपचारका लागि राज्यले बेवास्त पुर्व माओबादीहरु बिभिन्न जिल्लाबाट सहयोग आईरहेका बेला वाईसियल नेपालका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग स्वरुप १ लाख ७५ हजार ५ सस रुपैया भत्तपुर उनकै निवासमा गएर सहयोग हस्तान्तरण गरेका छन ।
गृहमन्त्रालयको तर्फबाट ५ लाख नगद लिएर नेपाल सरकारका गृह मन्त्रीका स्वकिय सचिब समेत रहेका सुदिप तामाङ सहयोग गर्न पुगेका थिए ।
तमाङको साथमा कसम गुरुङ, दिनेश थपलिया आक्रोश, धनकुमार मैनाली, राज घिमिरे, सुबिन ढुङ्गाना लगायतका नेता कार्यकर्ताहरु सहयोगका लागि पुगेका थिए ।
२०६० सालमा भोजपुरमा रहेको नेपाल टेलिकमको रिपीटर टावरमा तैनाथ तत्कालीन शाही नेपाली सेनामाथि आक्रमणको बेला तामाङको मुखमा छर्रा लागेको थियो । माओवादीमा नै कार्यरत स्वास्थ्यकर्मीहरुले त्यतिबेला सामान्य उपचारपछि उनी ठिक भएपनि त्यही घाउ बल्झिदै जाँदा क्यान्सर भएको तामाङको आफन्तले बताएका छन् ।