केहीसमय अघि के माया लाग्छ र बोलको गीत रिलिज भएको थियो । हर्क साउदको शब्द र कुशल सिंहको संगीत रहेको गीतमा एलिना चौहान र निशान भट्टराईको आवाज रहेको थियो । गीतलाई दर्शकले असाध्यै नै रुचाए भने युट्युबमा पनि गीतले राम्रो भ्यूज पाउन सफल भयो ।
के माया लाग्छ र को अपार सफलतापछि सोहि टिमले नयाँ कोशेली लिएर दर्शकमाझ आएको छ ।
हर्क साउदको शब्द र सुजन चापागाईको संगीत रहेको तिनपाते बोलको म्युजिकल फिल्ममा सुजन चापागाई र बिद्या तिवारीको आवाज रहेको छ । गीतमा मिलन खत्री र अनु काफ्लेको मुख्य भूमिका रहेको छ ।
गीतमा अनु र मिलनसँगै सम्रान्त थापा, नयन नेपाल आयुष्मा काफ्ले, मुना धिताल, हर्क साउद, कविता थापा, विष्णु खत्री, सुजन खत्री लगायतको अभिनय छ ।
तिनपाते ले समाजमा राम्रो सन्देश दिन खोजेको छ । हाल लकडाउनका कारण देशको अर्थतन्त्र लथालिङ्ग भएको छ । यस्तो अवस्थामा युवाहरुले देशमै बसेर केही गर्नपर्छ भन्ने सन्देश गीतले दिन खोजेको छ । गाउँमै उद्यम गरेर आर्थिक÷सामाजिक रुपमा कसरी सबल बन्न सकिन्छ भन्ने मर्मलाई केन्द्रमा राखेर गीति कथा बुनिएको छ ।