यतिबेला बलिउड अभिनेता सोनू सूदको जताततै प्रशंसा भैरहेको छ । हुन पनि उनले प्रशंसायोग्य काम नै गरेका छन् । लकडाउनको समयमा हजारौँ प्रवासी मजदुरहरुलाई घर फर्काउने काम उनले गरेका थिए ।
अब उनले तिनै मजदुरलाई रोजगारी समेत दिने भएका छन् । यो कुराको जानकारी खुद सोनूले नै आफ्नो ट्वीटरमार्फत दिएका छन् ।
उनले मजदूरहरुलाई रोजगारी दिन एइपिसी कम्पनीसँग सहकार्य गरेका छन् ।
सोनूले ट्वीट गर्दै भनेका छन्, ‘जहाँ इच्छा, त्यहाँ मार्ग हुन्छ । मेरा प्रवासी भाईहरुका लागि मैले एइपिसीसँग साझेदारी गरेको छु । प्रवासी रोजगार डटकमको माध्यमबाट देशभर अपेरल म्यान्युफ्याक्चरिङ र एक्सपोर्ट कम्पनीमा एक लाख रोजगारी दिने ठूलो सम्झौता भएको छ ।’ यसअघि आफ्नो जन्मदिनको अवसरमा सोनूले तीन लाखलाई रोजगारी दिने घोषणा गरेका थिए ।