विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, मृत्यु कति ? अपडेट



काठमाडौं । विश्वभर  कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ ।

विश्वभर एकै दिन २ लाख १९ हजार ३५३ जना बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ करोड १६ हजार ३२६ पुगेको ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७८३ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ५९२ पुगेको छ । त्यस्तै १ करोड २८ लाख ९२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार १३९ जनाको मृत्यु भएको छ । ३० लाख ३५ हजार ९९७ जना संक्रमित भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३४ हजार ५२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख १५ हजार ५७१ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ९ हजार ६०० जनाको मृत्यु भएको छ । ५० लाख ३९ हजार ७४६ जना संक्रमित  भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५९ हजार ४४८ जनाको मृत्यु भएको छ । ४७ लाख ४२ हजार ४४८ जना संक्रमित  भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १० हजार ४०८ जनाको ज्यान गएको छ भने १० लाख ५१ हजार ८२१ संक्रमित छन् ।  त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४१२ जनाको मृत्यु भएको छ । २२ हजार ९८६ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्