आफ्नो गल्ती स्वीकार गर्दै प्रकाश सुवेदीले पूजासँग मागे माफी



नायिका पूजा शर्माले हिमोमात्र पत्रकार प्रकाश सुवेदीले आफ्नो मानहानी गर्न खोजेको भन्दै चलचित्र कलाकार संघमा उनीविरुद्ध उजुरी दिएकी थिइन् । हिजो बेलुका नै प्रकाशले आफ्नो कार्यक्रम मार्फत पूजासँग माफी मागेका छन् ।

प्रकाशले दाह्रे शब्द आफूले कसैलाई होच्याउन प्रयोग नगरेको तरपनि आफ्नो बोली चिप्लिएको स्वीकार गरेका छन् । उनले आफूले त्यस्तो शब्द प्रयोग गर्न नहुने भन्दै पूजासँग माफी मागेका छन् । तर उनले पूजाका लागि भने त्यस्तो शब्द नभनेको बताएका छन् ।

उनले आफूले गल्ती गरेको र यसका लागि एकपटक मात्र नभएर हजार पटक पूजासँग माफी माग्न तयार भएको भिडियोमा भनेका छन् । उनले भने,‘ प्रकाश सपुत ,केकी अधिकारी,देवी घर्ती चलेको नारी मर्म बारेको गीत कभरेज गरेको थिए । गीतको बारेमा लामै रिपोर्ट बनाएको थिए र मनै देखि प्रशंषा गर्दा कसैको ध्यान गएनछ । तर मैले बोलको एउटा शब्दमा मात्र चित्त नबुझेको रहेछ ।’

उनी थप्छन्, ‘चलचित्र कर्मी भएर त मैले कार्यक्रम चलाउन पाएको छु । प्रभावित भन्ने शब्द हुन्छ नि हो , त्यहि प्रभावित शब्दमा परेको हुन सक्छु म । तर एउटा कुरा नी , मैले भुलवस बोलको शब्ले जुन रेन्स्पोन्ज आयो त्यसले मलाई बढो गम्भिर बनायो । ’आफुले दुइ दशक अगाडीकी अभिनेत्रीले अझैँ उस्तै उर्जावान छिन् भन्दा कसैको ध्यान नगएकोमा दुःख व्यत्त गरे । सोही कार्यक्रममा निर्मातालाई परेको पिणाको छिनोफानो गर्दाको रिपोर्ट कसैले वास्ता नगरेको उनको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्