प्रकाशले माफी मागेपछि पूजाले भनिन्- ‘उहाँको बोली चिप्लिएको होइन, जानीजानी भन्नुभएको हो त्यसैले मैले माफी दिइन’



हिजोमात्र प्रकाश सुवेदीले आफ्नो कार्यक्रम मार्फत नायिका पूजा शर्मासँग माफी मागे । उनी केहीदिन अघिमात्र पूजाले अब प्रकाश सुवेदीलाई अन्तवार्ता दिन्न भन्दा दाह्रे नायिकालाई हामीले महानायिका बनाइदिनु पर्ने भन्ने अभिव्यक्ति दिएका थिए ।

आफ्नो बोलीको कारण उनी निकै आलोचित हुन पुगेपछि उनले आफ्नो मुखबाट उक्त शब्द चिप्लिएको भन्दै पूजासँग माफी मागे । तर पूजालाई प्रकाशको माफी त्यति चित्त बुझेन । उनले प्रकाशले माफी मागेको देखेर आफूलाई अचम्म लागेको बताइन् । यति ठूलो विषयलाई प्रकाश सुवेदीले निकै सामान्य रुपमा लिएको पूजाको तर्क छ ।

पूजाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रकाशको माफी आफूलाई चित्त नबुझेर उनलाई माफी नदिएको स्पष्ट पारेकी छिन् ।

उनले लेखेकी छिन्,

Ap1 टिभिको रजतपट कार्यक्रम मा भएको कलाकार प्रतिको अपमानजनक टिप्पणी बिरूद्द हिजो हामिले कलाकार संघ, निर्माता संघ , Ap1 लगायत बिभिन्न महत्वपूर्ण ठॉउमा उजूरी दियौ,
लगत्तै हिजो बेलुका सम्बन्धीत कार्यक्रम प्रस्तोताले क्षमा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामि झन आश्चर्यमा पर्यौ !तय्स्तो गम्भिर बिषयमा उहॉले “ दारे “ शब्द चिप्लिएर प्रयोग गरिएको मा माफि पाऊ भन्नु भो , जबकि “ दारे महानायिका “ शब्द चिप्लिएको होइन … २ दिनकि चॉदनि फिर अन्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ , मैले एक से एक अभिनेत्री को अन्तर्वार्ता लिएको छू ,तं आउदिन भन्ने तेरो के हैसियत के छ ? .. यो आशय स्पष्ट झल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ? एउटा शब्द
“ दारे महानायिका “ मात्रै भए लौ चिप्लियो होला भनेर मान्न सकियो
तर उहॉले अन्तर्वार्ता मा नआएको रिस त्यति लामो शब्दमा आक्रोस सहित पोख्नु भएको छ ,
“घरमा हामि सधै यस्तै बोलथ्यौ , परिवार सम्झेर कार्यक्रममा पनि बोले रे “
राष्ट्रीय टेलिभिजन च्यानलमा बोलेको त्य्सतो बिषयमा पनि यस्तो हलुका टिप्पणी सहित मागिएको माफिले हामिलाइ अचम्भित तुल्यायो !
अत यो गम्भिर बिषयलाइ कार्यक्रम प्रस्तोताले जुन ढंगले घमन्ड र दम्ब सहित राष्ट्रीय टेलिभिजन मा प्रस्तुत गर्नु भएको छ यो सम्पूर्ण कलाकारको अपमान हो ,
भबिष्यमा यस्ता घटनाहरू पुन दोहोरिन सक्छ अत :हामिले न्यायको लागि
चलचित्र संग सम्बन्धित सरोकारवाला संघ गुहारेका छौ साथै उक्त कार्यक्रम प्रसारण गर्ने टेलिभिजन मा पनि गएको छौ यो बिषयलाइ निज प्रस्तोताले लिए जस्तै हल्का रूपमा नलिइ गम्भिर भएर ,भबिष्यमा समेत नजीर बस्ने गरि न्याय प्राप्त गर्ने आशा सहित लागि रहने छौ
यो साथ र सहयोग को लागि सम्पूर्ण चलचित्रकर्मी , न्यायप्रेमी पत्रकार साथिहरू , शुभचिन्तक मित्रहरू सबैलाइ धन्यवाद!!!
प्रतिक्रिया दिनुहोस्