वीरगञ्जमा नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप, ३ जना पक्राउ



वीरगञ्ज । निषेधाज्ञा उलंघन गर्दै नेपाली कांग्रेसको विद्यार्थी संघ (नेविसंघ)ले पर्सामा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रहरीले नेविसंघका विकास तिवारी शेख हजरा र मनोज शाहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको गेट अगाडि केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । वीरगञ्जमा सर्वसाधारणले उपचार नपाएर मर्नुपरेको भन्दै नेविसंघले ६ बुँदे माग राखेर धर्ना दिएको थियो । वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जना जतिको ज्यान गईसकेको छ ।

जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन छ उनले भने त्यसैले शान्तिपूर्ण रुपमा प्रशासन घेर्न गएका हौं, तर एक्कासी प्रहरी आएर लाठीचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ ।

नारायणी अस्पताललाई जनरल सेवा सुबिधासहित सर्वसाधारणलाई खुल्ला गर्नुपर्ने अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएकाका परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिनुपर्ने , दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोना महामारीको कारण कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधारणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने नेविसंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्