घर भत्किँदा परिवारका ४ जनाको मृत्यु, पाँच जना घाइते



काठमाडौं । डोटीमा घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको छ । गएराति २ बजे आर्दश गाउँपालिका वडा नम्बर १ बाजककनी वस्तीका ४० वर्षीय लोवे लुहारको माटो र ढुँगाले बनेको तीन कच्ची घर भत्किँदा परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीया श्रीमती बिष्ना लुहार, ११ वर्षीय छोरा पारु लुहार, ५ वर्षीय छोरी सिरु लुहार, ७ वर्षीय छोरी जेनीसा लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक इन्द्र मल्लले जानकारी दिए ।

अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा लोवे घरमुली लोवे लुहार सहित ५२ वर्षीय आमा पाना लुहार ५५ वर्षीया सासुआमा झिगरी विक, १३ वर्षीय साला इन्द्र विक र २ वर्षीया छोरी अस्मिता लुहार रहेका छन् ।

घटनाका घाइतेलाई उपचारको लागि दिपायल ल्याइसकेको मल्लले बताए । पुरानो घर भएकाले निरन्तर परेको पानीका कारण भत्केको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्