काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालयको कार्यलय तथा शिक्षा संकायको विभागीय प्रमुखको कार्यालयमा नेविसंघ कार्यकर्ताले तोडफोड गरेका थिए ।
नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका छन् ।
महामन्त्री दिपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।
मंगलबार परीक्षाको विकल्प देउ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र र रजिस्टारको कार्यलयमा तोडफोड र ढुँगामुढा गरेका हुन् ।