त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले गाउँपालिकामा कार्यरत लेखापाल हेमन्त केसी लगायतका कर्मचारीद्वारा गरिएको आर्थिक अनियमितताको सम्बन्धमा पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती जारी गरेको छ ।
३ बुँदे प्रेस विज्ञप्ती मार्फत गाउँपालिकाले गत साउन २० गते पालिकाका लेखापालद्वारा गरिएको अनियमितता बारे सत्यतथ्य सार्वजनिक गर्ने प्रयास गरेको छ ।
पलिकामा कार्यरत करार कर्मचारी, लेखा सहयोगीलाई कार्यालयबाट बरखास्त गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । दोषी उपर सम्बन्धित निकायद्वारा थप अनुसन्धानको प्रक्रिया अघि बढाई कारवाहीको पक्रिया समेत भईरहेको गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीले जानकारी गराएका छन् ।
गाउँपालिकाद्वारा जारी प्रेस विज्ञप्ती :
यो पनि पढ्नुहोस् :