बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई फोक्सोमा क्यान्सर देखिएको छ । उनी क्यान्सरको तेस्रो चरणमा छन् । अब केहीदिनमै उपचारको लागि उनी अमेरिका उड्दैछन् ।
सञ्जयलाई क्यान्सर भएको थाहा पाएपछि धेरै बलिउड कलाकारले उनको सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबिच नायिका मनिषा कोइरालाले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सञ्जयको सिघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् ।
उनले सञ्जय दत्तलाई बाबा भनेर सम्बोधन गर्दै,‘उहाँले कठोर संघर्ष पार गरेको मान्छे यस्तो क्यान्सरलाई पनि जित्न सक्नुहुनेछ ।’ जस्तो सुकै कठिन परिस्थितिमा नहारेका सञ्जयले क्यान्सरलाई पनि जित्ने अभिनेत्री मनिषाको विश्वास छ ।