आलोचना गर्ने दर्शकलाई पूजाको जवाफ : ‘साम्राज्ञी र मेरो केस नै फरक हो’



केहीसमय अघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीले आफूमाथि दुव्र्यवहार गरेको बताएकी थिइन् । उनको समर्थनमा कसैले पनि आवाज उठाउने हिम्मत गरेनन् । तर केहिदिन अघि प्रकाश सुवेदीले टेलिभिजनमा पूजालाई दाह्रे भन्ने शब्द प्रयोग गर्दा धेरै चलचित्रकर्मीले प्रकाशको खुलेर विरोध गरे ।

पूजाले प्रकाश विरुद्ध मुद्धा नै हालिदिइन् । अहिले केही दर्शकले साम्राज्ञीको कुरामा भने सबै मौन बसेको र पूजाको सानो कुरालाई भने सबै मिलेर ठूलो बनाएको भन्दै विरोध गरिरहेका छन् ।

पूजाले यसको जवाफ दिएकी छिन् । उनले साम्राज्ञी र उनको केश नै फरक भएको बताएकी छिन् । उनले भनिन्, ‘साम्राज्ञी र मेरो बिषय नै फरक हो । मेरो त टेलिभिजनमा सबैले वुझ्नै गरी अपशब्द प्रयोग गरिएको हो । साम्राज्ञी र नायक भूवन केसीको विवादमा को सही र को गलत भन्ने छुट्टिएको छैन । यसैले, अहिले नै एकजनाको पक्ष लिएर अर्कोलाई गाली गर्ने अवस्था छैन ।’

पूजाले, यदि भोलीको दिनमा भूवन केसी गलत भएको खण्डमा सबैले आवाज उठाउने बताइन् । भनिन्–‘साम्राज्ञीमाथि भएको दुव्र्यवहारको बिषयमा त म अहिले पनि भन्छु, त्यो गलत हो । दुव्र्यवहार त गर्न पाइदैन । तर यो मुद्दाको सत्यता बाहिर आएपछि हामी सत्यको समर्थन र गलत कामको विरोध अवश्य गर्छौ ।’

 

प्रतिक्रिया दिनुहोस्