‘कृपया मेरो घरतिर नआउनु होला, भेट्न परे मै त्यता आउँला’ : ‘माग्ने बुढा’



नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दो क्रममा छ । राजधानीमै कोरोना फैलिएपछि सरकारले अहिले फेरि लकडाउनलाई टाइट गर्ने तयारी गरिरहेको छ ।

कोरोना समुदायमै फैलिसकेकाले चिकित्सकहरुले कसैसँग हात मिलाउन, अकंमाल गर्न रोक लगाएका छन् । साथै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि आग्रह गरिरहेका छन् ।

यसैबिच चर्चित हाँस्यकलाकार केदार घिमिरेले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफ्नो घरतिर कसैलाई पनि नआउन आग्रह गरेका छन् । उनले जरुरत परे बरु आफैँ भेट्न जाने बताएका छन् ।

उनी अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किएका छैनन् । उनले अरुलाई पनि घरबाट बाहिर ननिस्कन र सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्