स्वास्थ्यमा समस्या देखिएका कारण बलिउड अभिनेता सञ्जय दत्त केहीदिनदेखि अस्पतालमा छन् । उनको फोक्सोमा क्यान्सर भएको भारतीय मिडियाले जनाएको छ ।
स्वास फेर्न गाह्रो भएपछि उनलाई मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा भएको बताइएको थियो । अहिले उनको रिपोर्ट हेर्दा डाक्टरहरुले उनको क्यान्सर चौथो चरणमा रहेको बताएका छन् ।
अब सञ्जय केहीदिनमै उपचारका लागि अमेरिका उड्ने चर्चा चलिरहेको छ । बलिउडकर्मी र सञ्जयका शुभचिन्तकले उनको सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।