कुनै समयका चर्चित अभिनेता जीवन लुईटेल अहिले नेपाली चलचित्र क्षेत्रमा सक्रिय छैनन् । उनी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । अभिनयका अलवा जीवनलाई पहिलेदेखि नै कविता लेखनमा पनि रुचि थियो ।
लकडाउनको समयमा फुर्सदमा भएका कारण उनले बेला बेलामा आफूले रचेका कविता सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् । हालैमात्र पनि उनले सामाजिक सञ्जालमा एक फोटो पोष्ट गर्दै आफ्नो कविता स्टाटसको रुपमा हालेका छन् ।
उनले लेखेका छन् ,‘हो, तपाईं सही हुनुहुन्छ निश्चित रूपमा मैले आफ्नो दिमाग गुमाएको छु ।
मलाई फेरि छाड्ने प्रयास नगर्नु किनकी मैले आफ्नो दिमाग बन्द गरिसकेको छु र आफ्नो मुख बन्द गरेको छु ।’ जीवनले आफुलाई पागलसँग पनि तुलना गरेका छन् । उनले आफू मुटुसँग हड्ताल गर्ने भन्दै अगाडि लेखेका छन्, ‘हो म पागल हो पागल, चाहे कुकुर सम्झ चाहे मान्छे ।’