अभिनेता पल शाहलाई शान्त र सालिन स्वभावको मानिन्छ । तर आफ्नो बारेमा कसैले नचाहिदो टिप्पणी गर्दै हिड्छ भने रिस जसलाई पनि उठ्छ । पल शाह पनि बेला बेलामा सामाजिक सञ्जालमा आफूलाई चित्त नबुझेको कुरा लेख्ने गर्छन् ।
केहीसमय अघि उनले काम गरेको पारिश्रमिक नपाएको भन्दै स्टाटस लेखेका थिए । अहिले फेरि उनले आफ्नो पछाडी कुरा काट्नेहरुलाई स्टाटस मार्फत नै चेतावनी दिएका छन् । उनले आफ्नो सोझोपनको फाइदा नउठाउन आग्रह गरेका छन् ।
एनले लेखेका छन्, ‘अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् । तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन् । शान्त समुन्द्रको लहरासँग खेल्दै रमाइलो मान्छन् । शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीका लागि अरुलाई प्रहार गरिरहन्छन् । फलस्वरुप समुन्द्रले भयंकर सुनामीको रुप लिन्छ ।’
पल अगाडि लेख्छन्–‘सुनामी निर्मम बनेर विध्वंस मच्चाउँछ । त्यसैले शान्त र शालिन छ भनेर कुनै मानिसमाथि एकहोरो प्रहार नगर्नुहोस् । भित्ताको त कान हुन्छ भन्छन्, आफू महाना देखिन अरुको कुरा काट्दै नहिड्नुहोस् । किनकी, तपाइको आँखालाई प्रदुषित तलाउ देखे पनि वास्तवमा त्यो तपाइलाई निमेष भरमै सिध्याउन सक्ने समुन्द्र हुन सक्छ । जसले तपाइको हौसियत संझाउने मात्र होइन विर्सन नसक्ने धक्का पनि दिन सक्छ । चेतना भया ।’
पलले आफ्नो कुरा काट्दै हिड्नेलाई त्यसो नगर्न नत्र शान्त समुन्द्र निर्मम बन्यो भने सुनामीको रुप लिने भन्दै घुमाउरो शैलीमा चेतावनी पनि दिएका छन् ।
पलको स्टाटसलाई धेरैले समर्थन गरेका छन् ।