विश्वमा सबैभन्दा धेरै डिसलाइक आएको भिडियोको तेस्रो नम्बरमा ‘सडक २’ को ट्रेलर



केहीदिन अघिमात्र रिलिज भएको चलचित्र सडक २ को ट्रेलरले विश्वमा सबैभन्दा धेरै डिसलाइक पाउने भिडियोको रेकर्ड नै राखेको छ ।

सडक २ मा धेरै डिसलाइक आउनुको कारण नायिका आलिया भट्ट मानिएको छ । सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा नेपोटिज्मको निकै चर्चा चल्यो । त्यसैबिच कफी विथ करणमा आलियाले सुशान्तलाई लिएर दिएको एक भनाइले पनि सर्वाधिक चर्चा बटुल्यो ।

त्यसैकारण नै आलियाका हेटर्सहरु बढेका हुन् । जुन सडक २ मा आएको डिसलाइकमा पनि देख्न सकिन्छ । सडक २ को ट्रेलरमा १ करोडभन्दा भन्दा बढी डिसलाइक आएको छ ।

महेश भट्टको फिल्म ‘सडक २’ मा उनकी छोरी तथा अभिनेत्री आलिया भट्ट, पूजा भट्टका साथै संजय दत्त, निर्माता सिद्धार्थ रोय कपूरका भाई आदित्य रोय कपूर पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्