कास्की । पछिल्ला सातामा कोरोना भाइरसका औसत १० जनामा संक्रमण देखिन थालेपछि सोमबार मध्यरातदेखि पोखरामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । आइतबार मात्र यहाँ २२ संक्रमित थपिएका थिए ।
सोमबार बिहान सर्वदलीय बैठकपछि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार मूल समितिको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।