काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–७ स्थित विरेन्द्रचोकमा म्यूजिक भिडियो खेलाइदिने प्रलोभन देखाएर ३१ बर्षका युवाले एक युवतीको जबरजस्ती करणी गरेका छन् ।
हाल उक्त युवतीको प्रहरी हिरासतमा छन् । पक्राउ पर्नेमा सिन्धुली घर भएका ३१ वर्षीय डेविट भन्ने शुसिल खड्का रहेका छन् । खडकाले मंगलवार साँझ काठमाडौं जिल्ला कागेश्वरी मनहरा नपा वडा नं ७ विरेन्द्रचोक स्थित भेटघाट रेष्टुरेन्टमा बोलाई ति किशोरीलाई जवरजस्ती गरेको आरोप रहेको छ ।
गत मंगलबार खड्काले रेष्टुरेन्टमा किशोरीलाई बोलाई म्युजिक भिडियोमा खेलाउने भन्दै प्रलोभन देखाइ वियर खुवाएर लठ्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले ती किशोरीलाई ललाई फकाई वियर समेत खुवाई लठ्याएर राती त्यहि रेष्टुरेण्टको क्याविनमा ईच्छा विपरित जवरजस्ती करणी गरेको अनुसन्धानपछि पुष्टि भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।
युवतीले दिएको बयान अनुसार उनलाई ती युवकले कसैलाई नभन्नु भनेर धम्की दिदैँ बिहान छोडिदिएका थिए । तर युवतीले भने प्रहरीलाई आफ्नो जबरजस्ती करणी भएको बताएकी छिन् ।