काठमाडौं । गुल्मीमा जेष्ठ नागरिक र दीर्घरोगीलाई हिँड्डुलमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा बसेको बैठकले कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढेको र जेष्ठ नागरिक र दीर्घरोगीलाई जोखिम हुने भएकोले हिँडेडुलमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
जिल्लामा रहेका सबै पालिकाहरुले जेठ नागरिक र दीर्घरोगी पहिचान गरेर उनीहरुलाई अत्यावश्यक काम बाहिर हिँड्डुलमा रोक लगाउने निर्णय भएको छ ।
सम्बन्धित पालिकाहरुले दीर्घ बिरामीले खाने ओषधि व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।