पछिल्लो समयमा बलिउड कलाकारहरु सामाजिक कार्यमा पनि निकै नै सक्रिय हुन थालेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले पनि केहीदिन अघि आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय बढी मानिसको जिम्मा लिने घोषणा गरेकी छिन् ।
ज्याकलिनले ३ बर्षसम्म १५ सय मानिसको लागि खानेकुराको व्यवस्था मिलाइदिने छिन् । उनले गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्नेछिन् । गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा उनीहरुका आमाहरु अनविज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरुका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् ।
उनका अनुसार, गाउँमा २० वटा किचेन तयार गरिनेछ । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् ।