पछिल्लो समय टिकटकले धेरै बजार खाएको छ । टिकटक नचलाउने प्राय कमै होलान् । टिकटक एप चलाएरै धेरै जना कलाकार भैसकेको अवस्था छ । यो एउटा राम्रो प्ल्याटफर्म बनेको छ ।
यस्तैमध्ये एक पूजा बस्नेत हुन् । उनले भर्खर भर्खर मात्रै टिकटक चलाउन थालेकी हुन् । तर छोटो समयमा नै भाइरल भइन् । उनी आफैले स्क्रिप्ट लेखेर डाइलग बनाउँदै टिकटक बनाउँछिन् । उनी सिर्जनशील मान्छे रहिछिन् । हामीले केहीदिन अगाडी उनीसँग कुराकानी गरेका थियौँ । टिकटक चलाउनेलाई काम नभएका, बेरोजगारी जस्ता उपनाम दिइरहदाँ के भन्नुहुन्छ भन्ने प्रश्न गर्दा उनले हाँस्दै भनिन्, टिकटक भनेको त आफूमा भएको कला देखाउने एउटा राम्रो ठाउँ हो । धेरैले यसको सदुपयोग गरिरहेका छन् भने कत्तिले दुरुपयोग पनि गरेका छन् । कसरी समय मिलाउनुहुन्छ, घरपरिवारले गाली गर्नुहुन्न भनेर सोध्दा मैले त धेरै सपोर्ट पाएकी छु भन्छिन् ।
उनलाई म्यूजिक भिडियोबाट अफर पनि आएको रहेछ । तर उनलाई नराम्रो दृष्टिकोणले यसो गर, यस्तो बनाइदिन्छु भन्ने हिसाबले तिमीले सोचेभन्दा फरक जीवनशैली हुनेछ भन्ने कुरा राख्ने धेरै भेटिन् । तर आफू ठिक ठाउँमा भएपछि जसले जे भनेपनि फरक नपर्ने बताउँछिन् । पछिल्लो समय उनले प्रकाश सपूतको बदला बरिलै गीतमा अभिनय गरेर सन्देशमूलक टिकटक बनाएकी थिइन् । राम्रो प्रतिक्रिया पनि पाइन् । उनले नारी हिंसाको विषयमा खुलेर बोलिन् । त्यसबाहेक उनी आफैपनि धेरैजसो सामाजिक घटनामा आधारित विषयवस्तुमा नै टिकटक बनाउने गर्छिन् ।
अन्त्यमा उनले टिकटकमा नराम्रो कमेन्ट गर्ने, टिकटक चलाउनेलाई नराम्रो सोच्ने प्रणली अलि मन नपरेको बताइन् । हुन्छ, नराम्रो भिडियो पनि कतिपयले बनाउँछन् तर राम्रो भिडियो बनाउनेलाई भने प्रोत्साहन हौसला दिनुपर्ने उनको भनाई छ ।
उनीसँगको थप कुराकानी हेर्नको लागि पुरा अन्तवार्ता हेर्नुहोला ।