‘निर्मलाले न्याय नपाउनु भनेको लाखौँ छोरीहरुका आमाबुबाको मनमा डर पैदा हुनु हो’ : रेखा थापा



निर्मला हत्याकाण्ड भएको २ बर्ष पुरा भैसकेको छ । तर निर्मलाले अहिलेसम्म न्याय पाउन सकेकी छैनन् । १३ बर्षकी बालिकाको बलात्कारपछि हत्या गरियो । उनका आमाबुबा २ बर्षदेखि निरन्तर छोरीको न्यायको लागि दौडिरहेका छन् । तर बिडम्बना न्याय पाउन सकेका छैनन् ।

नेपाली चलचित्र क्षेत्रका केही कलाकारहरुले निर्मलाले न्याय पाउनुपर्ने बताउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । सधैँ महिलाहरुको लागि आवाज उठाउने नायिका रेखा थापाले निर्मलाले न्या नपाउनु भएको लाखौँ किशोरीहरुका आमाबुबामाथि डर पैदा हुनु बताएकी छिन् ।

रेखाले लेखेकी छिन्, ‘निर्मलाले न्याय नपाउनु भनेको लाखौँ छोरीहरुको मनमा भयको राज चलाउनु हो । देश छोरीको निम्ति स्वर्णिम हुन नसकेकोमा चिन्तासमेत व्यक्त गरेकी रेखाले ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने एक तस्विरसमेत शेयर गरेकी छन् । जुन धेरैले लाइक र केहीले शेयरसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्