लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियो छायांकन धमाधम हुन थालेका छन् । त्यसमाथि सामाजिक दुरी पनि कायम गरिएको पाइएको छैन । पहिलेजस्तै धेरै जनाको टिमले भिडियो बनाइरहेको छ । यस्तोमा कोरोना संक्रमणको त्रास उच्च हुनु स्वभाविक नै हो ।
त्यसैले अहिले सरकारले म्यूजिक भिडियो निर्माणको कामलाई धमाधम रोकिरहेको छ ।
यहि २९ गते बेलुकी एउटा पार्टी प्यालेसमा छायांकनको तयारी गरिरहेकी अभिनेत्री नीता ढुंगानाको टिमलाई रोकेको छ । प्रहरीले लकडाउनमा म्युजिक भिडियो लगायतमा छुट नदिएको भन्दै प्रहरीले छायाँङ्कनमा रोक लगाएको हो । नीताको आफ्नै स्वरमा रहेको भजनको छायाँङ्कन गरिहरेकी थिइन ।
अटेर गरेर छायाँङ्कन गरे कार्वाही गर्ने प्रहरीको तयारी छ । धेरै मान्छे जम्मा हुने र भिडभाड गर्ने गरेको कारण पनि प्रहरीले छायाँङ्कनमा हस्तक्षेप गर्न थालेको हो ।