चिनियाँ कम्पनीको दाबीः यो वर्षको अन्त्यसम्म कोरोनाको भ्याक्सिन, मूल्य रु १७ हजार



चीनको एक फर्मा कम्पनी सिनोफार्मले यो वर्षको अन्त्यसम्म उसले कोरोना भाइरसको भ्याक्सिन बनाउने घोषणा गरेको छ ।

सिनोफार्ममा अध्यक्ष लिउ जिगझेनले मिडियासँगको कुराकानीमा भ्याक्सिनको तेस्रो चरणको ट्रायल संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको र यो डिसेम्बरसम्म बजारमा आउने आशा गरिएको जानकारी दिए ।

भ्याक्सिनको ट्रायलको रुपमा लिउ जिंगझेनले आफैंले यसको डोज लिएका छन् । उनले ग्लोबल टाइम्ससँगको कुराकानीमा हालसम्म उनले कुनै पनि साइड इफेक्ट महसुस नगरेको बताएका छन् ।

चीनको बेइजिङ र उहान शहरमा यस्ता वर्कशप छन् जहाँ एक वर्षमा क्रमशः १०.२ करोड र १० करोड भ्याक्सिनको उत्पादन हुनसक्छ । यो भ्याक्सिनको दुई डोजको मूल्य हजार युआन अर्थात् करिब १७ हजार रुपैयाँ हुनेछ ।

हाल संसारभरी करिब २ सय कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको र २० भन्दा बढी भ्याक्सिन ह्यूमन ट्रायलका लागि तयार हुने स्तरमा छन् ।

प्रतिक्रिया दिनुहोस्