केही समयदेखि फोक्सो क्यान्सरबाट जुधिरहेका बलिउड अभिनेता सञ्जय दत्त उपचारका लागि अस्पताल भर्ना भएका छन् । सुरुमा उनी उपचारका लागि अमेरिका जाने बताइएको थियो । तर उनको उपचार अब भारतमै हुने भएको छ ।
उपचारका लागि अस्पतालमा जाने बेलामा सञ्जयले आफ्नो लागि प्राथना गर्न आग्रह गरेका छन् । केहीसमय अघि चिकित्सकले सञ्जय चौथो स्टेजको क्यान्सरबाट जुधिरहेको बताएका थिए ।
यतिबेला उनीसँग बहिनी नम्रता दत्त, प्रिया दत्त, प्रिया दत्तका श्रीमान् ओवन पनि देखिए । यतिबेला उनको घरमा जम्मा भएका फोटोग्राफरलाई सञ्जय दत्तले भने, ‘मेरा लागि प्रार्थना गरिदिनुहोस् ।’