बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको २ महिना पुरा भैसकेको छ । तर उनको सुसाइडपछि उनीबारे नयाँ नयाँ कुराहरु सार्वजनिक भैरहेका छन् । यसैबिच सुशान्तको आत्महत्या प्रकरणमा शाहरुख खान पनि जोडिन पुगेका छन् ।
सुशान्तका जीम पार्टनरले शाहरुखबारे केही बताएका छन् । उनले आइफा अवार्डमा स्टेजमा बोलाएर शाहरुखले सुशान्तको बेइजत गरेको बताएका छन् । सुशान्तका साथी सुनिलले यी कुराहरु खुद सुशान्तले आफूलाई बताएको बताए ।
सुनिलको दाबीअनुसार आईफा अवार्डस्मा सुशान्तले शाहरुख खान र साहिद कपूरसँग स्टेज शेयर गर्नुअघि फिल्म ‘काय पो चे’ का विषयमा कुराकानी गर्ने सहमति बनेको थियो ।
यसका लागि उनलाई सिग्नेचर स्टेपको प्राक्टिस गर्न पनि भनिएको थियो । सुशान्त यस शोका विषयमा निकै खुसी थिए । सुशान्तका अनुसार शाहरुखले त्यसक्रममा स्टेजमा उनको करियर र संघर्षका विषयमा समेत कुराकानी गरिने बताएका थिए । तर स्टेजमा पुग्नासाथ उनको बेइज्जती गर्न सुरु गरे । जिम पार्टनर सुनिलका अनुसार यी सबै कुरा सुशान्तले उनीसँग शेयर गरेका थिए र सुशान्त यस घटनापछि निकै दुखित भए । उनले जिम गर्ने क्रममा भनेका थिए ,‘म त्यहाँ गएँ । उनीहरुले मेरो बेइज्जती गरिदिए ।’
त्यसबाहेक सुुनिलले करण जौहर र सलमान खान मिलेर उनीहरुको फिल्ममा सुशान्तलाई नलिने प्लान बनाएको पनि दाबी गरेका छन् । अहिलेसम्म शाहरुखले यसबारे केहीपनि बताएका भने छैनन् ।