विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण एसियाली मुलुकमा सबैभन्दा बढी भारतमा देखिएको छ भने विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ सय ५३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५५ हजार ९ सय २८ नाघेको छ ।
लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा एकैदिन ६९ हजार ३९ भन्दा बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २९ लाख ७३ हजार ३ सय ६८ पुगेको छ । अहिलेसम्म २२ लाख २० हजार ७ सय ९९ जना संक्रमित उपचारपछि निको भएका छन् ।