श्रीमतीको स्वास्थ्य लाभको कामना गर्दै गायक प्रमोद खरेलले बसे हरितारिका तिजको व्रत



तिज विशेष हिन्दू महिलाहरुको चाड हो । तिजमा महिलाहरुले दर खाने, व्रत बस्ने, साथीसँग मिलेर रमाइलो गर्ने गर्छन् । तिजमा विशेष महिलाहरुको श्रीमानको लामो आयुको लागि व्रत बस्ने गर्छन् ।

तर चर्चित गायक प्रमोद खरेलले भने यसपटक आफ्नी श्रीमतीको स्वास्थ्यको लाभको लागि हरितारिका तिजको व्रत बसे ।

सधैँका वर्षहरुमा श्रीमतीले आफ्नो लागि व्रत वस्ने गरेको र यो वर्ष श्रीमतीले ब्रत बस्न नसक्ने हुँदा उनको स्वास्थ्य लाभको लागि ब्रत बसेको बताएका छन् ।

प्रमोदले ट्वीटरमा लेखेका छन् ,‘श्रीमती ले आजको दिन सधै श्रीमान को लामो आयुको लागि व्रत बस्छन् । तर उनी बिरामी भएको ३ महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिनन् । यसपाली म उनको लागि किन नबस्ने रुरुरु यसपाली मैले उनको लागि व्रत बस्दैछु ।’ प्रमोदको तीन महिना अगाडी दोस्रो सन्तानका रुपमा पुत्रीलाभ भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्