बरुण र साराको कुल्ली नम्बर १ पनि डिजिटल प्ल्याटफर्म मार्फत रिलिज हुने



भारतमा कोरोना संक्रमित दैनिक रुपमा निकै नै बढिरहेको छ । यस्तो फिल्ममा बलिउड फिल्म क्षेत्र पनि ठप्प छ । भारतमा कोरोना निकै बढिरहेकाले सिनेमा हलहरु कहिले बाट खुल्छन्, फिक्स छैन ।

यस्तोमा केही चलचित्रहरु डिजिटल प्ल्याटफर्म मार्फत रिलिज भैरहेको छ । अब, नायक बरुण धवन र नायिका साराअली खान अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि डिजिटल रिलिज हुने भएको छ ।

यो चलचित्रलाई तिहारमा डिजिटल माध्यमबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्