सुशान्तको आत्महत्याको केस अहिलेसम्म सेलाएको छैन । अझ उनीबारे जोडिएका नयाँ नयाँ तथ्यहरु ऋगाडी आइरहेका छन् । यसैबिच थप नयाँ कुराको खुलासा भएको छ । यतिबेला सामाजिक सञ्जालमा महेश र रियाको च्याट सार्वजनिक भएको छ ।
उनको आत्महत्याको केस चेकजाँचको लागि गत बुधबार सीबीआईलाई जिम्मा दिएको छ । सुशान्तको आत्महत्या प्रकरणमा रिया चक्रवर्ती र फिल्म निर्माता महेश भट्ट पनि निकै चर्चामा आएका छन् ।
रियाले महेशसँगको सम्बन्धबारे धेरै पटक खुलासा गरिसकेकी छिन् । यतिसम्मकी उनले महेशको ७० औँ जन्मदिनमा उनीसँगको गोप्य तस्बिर पनि सार्वजनिक गरेकी थिइन् ।
तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी थिइन्, मेरो बृद्धा जन्मदिनको शुभकामना । सर, तपाईँले मलाई मायाले सम्हाल्नुभयो । तपाईंले मलाई माया दिनुभयो । तपाईंले मलाई उड्नलाई पखेटा दिनुभयो ।’ उनी यो पोष्ट्पछि ट्रोलको शिकार भएकी थिइन् ।
भाइरल भएपछि रियाले तस्बिर शेयर गर्दै उनले फिल्म ‘अमर प्रेम’ को एउटा गीत, ‘तिमी को हौँ रु तिम्रो नाम के हो रु सीता पनि यहाँ बदनाम भइन् ।’ लेखेकी थिइन् । यसका साथै, रियाले ट्रोलले निकै चिन्तित भएको खुलासा गरेकी थिइन् ।