सुशान्त सिंह राजपुतको आत्महत्याबारे सिबिआईले तिव्र रुपमा छानबिन गरिरहेको छ । यसबिच सुशान्तसँग जोडिएका धेरै कुराहरु बाहिर आइरहेका छन् । हालैमात्र सुशान्तकी छिमेकीले सबैलाई छकित पार्ने बयान पनि दिएकी छिन् ।
सुशान्त बसेको अगाडीको बिल्डिङमा बस्ने एक महिलाले सुशान्तको कोठाको बत्ती जहिल्यै पनि बिहान ४ बजेसम्म खुल्ला हुने गरेको तर त्यस दिन (सुशान्तले आत्महत्या गरेको अघिल्लो दिन अर्थात १२ जून) मा भने सुशान्तको कोठाको बत्ती राति साढे १० बजे नै बन्द गरिएको थियो ।
त्यस दिन सुशान्तको घरमा कुनै पार्टी पनि थिएन । कहिल्यै बत्ती ननिभाएको सुशान्तको कोठाको बत्ती उनले सुसाइड गरेको १ दिन अघि चाहिँ किन बन्द भयो त । सुशान्तको छिमेकीको बयानलाई गम्भिर रुपमा लिइएको छ र हाल त्यसबारे नै छानबिन भैरहेको छ ।