आज आफ्नो जन्मदिनमा दिपाले दर्शकसँग गरिन् आग्रह, ‘आफ्नै दिदीबहिनी सम्झेर माफ गरिदिनुस्’



आज कलाकार तथा निर्देशक दिपाश्री निरौलाको जन्मदिन हो । सामाजिक सञ्जालमा उनलाई चलचित्रकर्मी र दर्शकले जन्मदिनको शुभकामना दिइरहेका छन् । केहीसमय अघि दिपा महानायक विवादका कारण नराम्रोसँग आलोचित भएकी थिइन् ।

राजेश हमालको महानायक उपनाममा प्रश्न उठाएपछि उनलाई दर्शकले निकै नै गाली गरेका थिए । जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उनले आफूलाई माफ गरिदिन दर्शकसँग आग्रह गरेकी छिन् ।

ऋाफूबाट गल्ती भएको स्वीकार गर्दै उनले माफी मागेकी हुन् । उनले भनिन्, ‘मेरो अभिव्यक्तिले तपाइहरु सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी संझिएर माफी दिनुहोला ।’

दीपाले समस्याबाट भाग्न भन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो कुरा रहेको बताउँदै आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको बताएकी छिन् । हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको तर्क छ ।

 

प्रतिक्रिया दिनुहोस्