देशमा दैनिक रुपमा भैरहेको कालोबजारी, भ्रष्टचार, कमिसनखोर लगायतका सामाजिक समस्याले नेपाली जनताको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ । राज्यको ठूला पदमा बस्ने व्यक्तिहरुको पनि काम कम कुरा ज्यादा भएका कारण जनता दिक्क छ ।
यहि विषयलाई उठान गरेर बजारमा नयाँ गीत सार्वजनिक भएको छ । नेपाली समाजको वास्तविकतालाई रचनाकार शिव सुवेदीले गीतमा उतारेका छन् । शिव सुवेदीकै संगीत रहेको इनफ इज इनफ बोलको गीतमा १० जना गायक गायिकाको आवाज रहेको छ ।
गीतमा कुलेन्द्र विक, सम्झना भण्डारी, खेम सेञ्चुरी, सुनिता बुढा क्षेत्री, सूर्य खड्का, मञ्जु पौडेल, विक्रम परियार, कमला पोखरेल, नरेश खाती र टिका सानुलगायत दश गायक गायिकाको स्वर समेटिएको छ ।
देशमा राजनीति व्यवस्था परिवर्तन भएपनि सामान्ती सोच र संस्कारमा परिवर्तन हुन नसकको आउन सकेको विषय गीतमा देवेन्द्र क्षेत्रीको डाइलग मार्फत प्रस्तुत गरिएको छ ।