पहिलो पटक उदिपको लागि व्रत बसिन् आँचल…



नायिका आँचल शर्माले गत फागुनमा प्रेमी उदिप श्रेष्ठसँग विवाह गरिन् । विवाहपछि उनीमा जिम्मेवारी थपिएको छ । तर उदिपको परिवारले आफूलाई निकै नै माया गरिदिने भएकाले आँचलको वैवाहिक जीवन निकै नै रमाइलोसँग बितिरहेको उनी बताउँछिन् ।

तिज सबै महिलाहरुको लागि विशेष पर्व हो । आँचलले भने अहिलेसम्म तिजको व्रत बसेकी थिइनन् । यसपटक भने उनी उदिपको लागि निरहार व्रत बसिन् । दिनभरि भोको पेट रहेकी आँचलले बेलुका उदिपको अनुहार हेरेर मात्र केही खाइन् ।

उनको आज पनि व्रत छ । आज ऋषि पञ्चमीको पनि आँचलले व्रत लिएकी छिन् । आज भने उनले निरहरा व्रत नबसेको बताएकी छिन् । उनको परिवारमा तिज मनाइदैन । त्यसैले व्रत बस्नैपर्छ भन्ने उनलाई थिएन तर श्रीमानको लागि एक दिन व्रत बस्दैमा के हुन्छ र भनेर आँचलले उदिपको लागि व्रत बसेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्