करन जोहर करिब २ महिनाजति सोसल मिडियाबाट टाढा रहे । सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा नेपोटिज्मबारे खुबै नै चर्चा भयो । जसमा करन जोहर सबैभन्दा बढी आलोचित भए । दर्शकले मात्र नभएर धेरै बलिउडकर्मीले उनको खुलेर विरोध गरे ।
करनले नेपोटिज्ममा आफू मुछिदाँ कसैलाई जवाफ दिएनन् । बरु सामाजिक सञ्जालबाटै हराए । करन फेरि सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । हिजो शनिबारदेखि उनी ट्वीटरमा फर्किएका छन् ।
उनले गणेश चतुर्थीको अवसरमा ट्वीटरमा आफ्ना फ्यानलाई सुरक्षित रहन आग्रह गरेका छन् । तर उनीप्रति दर्शकको भडास अहिले पनि कम भने भएको छैन । ट्वीटरमा गरेको उनको पोष्टमा धेरैजनाले आपत्ति जनाएका छन् । करनलाई धेरैले नेपोटिज्मको किङ भनेका छन् भने धेरैले करनभित्रको राक्षसीपनलाई निकाल्न जरुरी भएको बताइएका छन् ।