सुशान्तका वकिलको दाबी, ‘कगंना सुशान्तको लागि नभएर आफ्नै लागि लडिरहेकी छिन्’



बलिउड अभिनेता सुशान्त सिंह राजपुतले सुसाइड गर्ने बित्तिकै बलिउडमा नेपोटिज्मबारे सर्वाधिक चर्चा हुन थाल्यो । जसमा नायिका कगंना रनावत सबैभन्दा बढी बोलिन् । उनले सुशान्तले न्याय पाउनुपर्ने भन्दै आवाज उठाइन् । उनलाई धेरैले आलोचित गरे तरपनि उनी रोकिनन् ।

उनै कगंनालाई सुशान्तको नाम युज गरेर आफ्नै लागि लडिरहेको आरोप लागेको छ । सुशान्तका वकिलले बलिउडका समस्यालाई अगाडी ल्याएर मात्र सुशान्तले न्याय नपाउने दाबी गरेका छन् ।

सुशान्तका वकिलले कगंना सुशान्तको साथी र प्रतिनिधि पनि नभएकाले कारण उनले आफ्नै लागि लडिरहेको बताएका छन् ।

उनले सुशान्तको आत्महत्याको खास कारण पत्ता लगाउनुपर्ने भन्दै भन्छन्, ‘कंगना आफ्नो एजेन्डा उठाइरहेकी छिन् जुन उनको व्यक्तिगत समस्या हो । सुशान्त फिल्म उद्योगमा नेपोटिज्मको शिकार भएका थिए तर उनको घटनाको मुद्दाको प्राइमरी जाँच भने यसबाट हुन सक्दैन । महत्त्वपूर्ण कुरा के हो भने रिया चक्रवर्ती र उनको ग्याङले सुशान्तको कसरी अन्त्य गरे रु’

प्रतिक्रिया दिनुहोस्