भारतमा कोरोना संक्रमण दिनदिनै बढ्दो रुपमा छ । यस्तोमा भारत सरकारले चलचित्र तथा टिभी सिरियलको सुटिङको लागि अनुमति दिएको छ ।
कोभिड १९ को महामारीका बीच सुटिङ गर्नका लागि लामो दश बुँदे लेख सहित सुटिङका लागि इजातजपत्र दिइएको हो ।
कलाकार र निर्माण टिमको स्वास्थ्यको ख्याल गर्दै १० बुँदे लेख तयार पारिएको भारतीय मिडियाले जनाएको छ । उक्त इजाजतपत्रमा सेटमा उपस्थित सबैले अनिवार्य रुपमा मास्क लगाउनै पर्ने, कम्तिमा ६ फिटको भौतिक दुरी कायम गर्नुपर्ने, सेटमा कोहीपनि दर्शक आउन नपाउने लगायतका कुराहरु उल्लेखित छन् ।
केहीसमय अघिदेखि नै भारतमा टिभी सिरियलको धमाधम छायांकन भने हुन थालिसकेको थियो । अब भने सरकारको नियमको पालना गर्दै चलचित्रका छायांकन पनि हुने भएका छन् ।