बलिउडमा यस्ता थुप्रै जोडीहरु छन्, जो लामो समयसम्म एकअर्काको प्रेममा रहेर अलग्गिए । जसको विवाह नै भएको हेर्ने धेरै दर्शकको चाहना थियो । तर पुरा हुन सकेन । अझ भनुम उनीहरुको प्रेमले भन्दापनि ब्रेकअपले बढी चर्चा पायो । आज हामी तिनै बलिउड जोडीहरुबारे चर्चा गर्नेछौँ ।
साहिद कपुर र करीना कपुर
साहिद र करीनाको जोडी एकसमयमा खुबै चर्चामा थियो । दुवैले एकसाथ केही चलचित्रमा काम गरेका छन् । यी दुई एकअर्कालाई असाध्यै माया गर्थे । यी दुईको विवाह हुनेसम्म कुरा चलेको थियो । तर अन्त्यम यी दुईले अलग्गिने निर्णय लिए । यी दुईको ब्रेकअप हुदाँ दर्शकहरु समेत निकै निराशिएका थिए ।
रणवीर कपुर दिपिका पादुकोण
रणवीर र दिपिका पनि बलिउडको क्युट जोडीको रुपमा चिनिएका थिए । यी दुइबिच पनि गहिरो प्रेम थियो । विवाह हुने कुरा समेत फिक्स भैसकेको थियो । तर अन्त्यमा यी दुईले पनि छुट्टीने निर्णय लिए । अहिले दिपिकाले रणवीर सिंहसँग विवाह गरिसकेकी छिन् भने रणवीर आलियासँग प्रेममा छन् ।
ऐश्वर्या राय र विवेक अबरोय
सलमानसँग ब्रेकअप भएपछि ऐश्वर्याको सम्बन्ध विवेकसँग नजिकिएको थियो । यी दुईको रिलेसनले निकै नै चर्चा पायो । तर केही समयपछि नै यी दुईको ब्रेकअप भयो । त्यसपछि ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् ।
रणवीर सिंह र अनुष्का शर्मा
रणवीर सिंह र अनुष्का शर्माको प्रेमबारे त प्राय सबै नै जानकार छ । करिब ३ बर्षसम्म यी दुई रिलेसनसिपमा थिए । तर एकअर्कामा कुरा मिल्न छोडेपछि यी दुईले ब्रेकअप गरे । यी दुईलाई रियल कपलको रुपमा हेर्ने चाहना धेरै दर्शकको रहेको थियो । अहिले अनुष्काले क्रिकेटर विराट कोहलीसँग विवाह गरिसकेकी छिन् भने रणवीरले पनि दिपिका पादुकोणसँग घरजम बसाइसकेका छन् ।
सिद्धार्थ मल्होत्रा र आलिया भट्ट
सिद्धार्थ र आलिया दुवैले चलचित्र स्टुडेन्ट अफ दि इयर बाट डेब्यु गरेका हुन् । यी दुईको पहिलो पटक भेट चलचित्रको सेटमा नै भएको थियो । सेटमै यी दुईबिच प्रेम बसिसकेको थियो । लामै समयसम्म प्रेममा रहेपछि यी दुईको पनि ब्रेकअप भयो । यी दुईको प्रेमले भन्दापनि ब्रेकअपले बजारमा राम्रो चर्चा पाएको थियो ।
जोन अब्राहम र विपासा बसु
जोन र विपासाको रिलेसनसिप करिब ९ बर्ष चल्यो । दुवैको विवाह हेर्न धेरैको इच्छा थियो । तर सबैको चाँहना लत्याउदै दुबैले ब्रेकअप लिए । बिपाशाको बिग्रदो चलचित्र करियरका कारण ब्रेकअप भएको समाचार बाँहिर छायो ।