सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि नेपोटिज्मबारे सर्वाधिक चर्चा भयो । जसको असर नेपाली चलचित्र क्षेत्रमा पनि यसको असर पर्यो । नेपालमा पनि नेपोटिज्म र ग्रुपिज्मबारे निकै बहस चल्यो । जसमा नायिका नम्रता सापकोटा सबैभन्दा अगाडी देखिइन् ।
उनले नेपाली चलचित्र क्षेत्रमा नेपोटिज्म र ग्रुपिज्म रहेको भन्दै आफ्नो विचारहरु व्यक्त गरेकी थिइन् । उनले यसैबिच चलचित्रमा काम गर्दाको आफ्नो तितो अनुभवहरु प्नि सेयर गरिन् ।
नम्रताले उनको नामबाट युट्युबमा भ्यूज नआउने भएकाले चलचित्रबाट नै निकालिएको बताइन् । उनले प्रश्न पनि गरेकी छिन् कि के कारणले चाहिँ युट्युबमा आफ्नो नामबाट भ्यूज आउँछ भनेर । उनले युट्युबमा भ्यूज कमाउनकै लागि आफ्नो निजि जीवनका कुराहरु बाहिर ल्याउन आफूलाई मन नपर्ने बताइन् ।
नम्रताले एकपटक आफूलाई राम्री भएका कारण चलचित्रमा फिट नहुने भन्दै निकालिएको पनि बताइन् । उनले यहाँ चलचित्रमा लिन मन नलागेपछि अनेक बाहाना बनाएर चलचित्रबाट निकालिने प्रचलन रहेको पनि बताइन् । त्यसका साथै नम्रतालाई क्षमता भएका कलाकार ओझेलमा परेको र १५ सेकेण्डको भिडियो बनाएर चर्चामा आएका टिकटकका कलाकारले बढी प्राथमिकता पाएको पनि बताइन् ।