सुशान्त सिंह राजपुतको आत्महत्याको ठेट कारण बत्ता लगाउन यतिबेला सिबिआईले निरन्तर छानबिन गरिरहेको छ । यसैबिच छानबिनको क्रममा रियासम्बन्धी केही तथ्यहरु बहिर आएका छन् ।
सिबिआईले जाँच गर्दा सुशान्तले आत्महत्या गरेको भोलिपल्ट रिया सुशान्तको शव राखिएको मुर्दाघरमा ४५ मिनेटसम्म बसेको पत्ता लागेको छ । मुर्दाघर एउटा एउटा स्थान हो जहाँ जो कोहिलाई जानको लागि प्रतिबन्ध गरिएको हुन्छ । प्रहरी वा मृतकको परिवारको अनुमति लिएर मात्र त्यहाँ जान पाइन्छ । फेरि रिया कसरी गइन् ? भनेर यतिबेला प्रश्न आइरहेका छन् ।
रियासँगै मुर्दाघरमा २ युवक र एक युवती पनि गएका थिए । युवती को हुन् भनेर यतिबेला खोजी भैरहेको छ भने युवकमा एकजना रियाका भाई र अर्का भने सुशान्तका म्यानेजर रहेको प्रहरीले जनाएको छ ।
उनी मुर्दाघरमा ४५ मिनेटसम्म बसेको प्रमाण त साबित नै भैसकेको छ । हालैमात्र एक भिडियो सार्वजनिक भएको छ जहाँ रिया मुर्दाघरम गएको र ४५ मिनेटपछि मात्र बाहिर निस्किएको देखिएको छ । हाल प्रहरीले रिया मुर्दाघरमा ४५ मिनेटसम्म प्रमाणहरु नष्ट गर्न बसेको अनुमान लगाइरहेको छ ।