सुशान्तले नशाको अवस्थामा आत्महत्या गरेको हुनसक्ने आशंका, सुशान्तका हाउसकिपरले दिए यस्तो बयान…



सुशान्तको आत्महत्याको अनुसन्धानको क्रममा उनका हाउसकिपरले दिएको बयानले सबैलाई चकित बनाएको छ । अहिलेसम्म धेरैले सुशान्तको आत्महत्या भन्दापनि मिलिभगतमा हत्या नै भएको हुनसक्ने आशंका गरिरहेका थिए ।

सुशान्तका हाउसकिपरले दिएको बयानले भने अर्कै कुरा बुझाइरहेको छ । सुशान्तका हाउसकिपरले सुशान्तले गाँजाको सेवन गर्ने गरेको खुलासा गरेका छन् । सुशान्तका हाउसकिपर निराजनले मुम्बई प्रहरीलाई दिएको बयान अनुसार सुशान्त हरेक हप्ता आफ्नो घरमा पार्टी गर्ने गर्थे र पार्टीमा धेरै मधिरा र गाँजा सेवन गर्ने गर्थे ।

मुम्बई पुलिसलाई दिएको बयानमा निरजले सुशान्तलाई मृत्युको केही दिन पहिले चुरोटमा गाँजा भरेर दिएको बताएका छन् । निरजका अनुसार सुशान्तको मृत्युपछि ती चुरोट राखिएको बक्स खोलेर हेर्दा खाली पाएको बयान दिएका छन् । इण्डिया टुडेले निरजको तीन पानाको बयान आफूले पाएको दावी गर्दै उनको बयान प्रकाशित गरेको छ ।

उनको बयानको आधारमा सुशान्तले नशाको अवस्थामा आत्महत्या गरेको हुनसक्ने थ्योरी पनि अगाडि आएको छ ।

प्रतिक्रिया दिनुहोस्