काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को सचिवालय बैठक आगामी भदौ १३ गते बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच मंगलबार भएको छलफलपछि भदौ १३ गते ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाउने तय भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
कार्यदलको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्न ओली र प्रचण्डबीच झण्डै दुई घण्टा छलफलपछि सचिवालय बैठकको समय निर्धारण गरिएको हो ।
पार्टी भित्रको विवाद समाधान गर्न महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन सचिवालय बैठकमा छलफलपछि स्थायी कमिटीमार्फत गरेसँगै कार्यन्वयनमा लैजाने नेताहरुको तयारी छ ।
ओली-प्रचण्डले आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वको ६ सदस्यीय कार्यदल गठन गरका थिए ।