बूढानीलकण्ठ नगरपालिकामा ५ सय १३ जनाको स्वाब संकलन



बूढानीलकण्ठ नगरपालिकाका विभिन्न १३ वडाका ४ स्थानमा ५ सय १३ जनाको स्वाब संकलन गरिएको छ ।

स्वाब संकलन गरिएका व्यक्तिहरुमा कतिपय ट्रयासिङ कन्ट्रयाक्टबाट छानिएका स्थानीय नागरिक हुन् भने कतिपय पाको उमेर भएका, बढी जनसम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरिएको बूढानीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

नेपाल आर्मीको मोबाइल स्वाब कलेक्सन भेइकल मार्फत संकलित ५१३ स्वाबको २८ लाख २१ हजार ५ सय खर्च हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्