महानायक राजेश हमालले कोरोना कारण समस्यामा परेका ६ सय जना चलचित्र प्राविधिकहरुको कोरोना बिमा गरिदिने भएका छन् ।
राजेशले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली मागेका प्राविधि संघले जानकारी दिएको छ । जसका लागि केहि दिनमा संघका पदाधिकारीहरुको बैठक बस्दैछ ।
आज विहानमात्रै राजेश हमालले आर्थिक अवस्था कमजोर भएका प्राविधिकलाई ५ लाख आर्थिक सहयोग गर्ने कुरा आएको थियो । तर प्राविधिकका कमीचारीले ६ सय जनाको बीमाको कुरा गरेपछि उनले हुन्छ भनेका थिए ।
राजेश हमाललाई केहीसमय अघि केही व्यक्तिले कोरोनाको समयमा दुखीहरुलाई सहयोग नगरेको आरोप लगाएका थिए । अहिले राजेशले सहयोग गरेपछि उनको आलोचना गर्नेको मुख बन्द भएको छ ।