सुशान्त सम्बन्धी नयाँ खुलासा– ‘सुशान्तलाई बिष दिएर मारिएको हो, नसमातियोस् भनेर पोस्टमार्टम ढिला गरियो’



बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको झण्डै ३ महिना बित्न लाग्दा पनि उनको आत्महत्याको वास्तविक कारण थाहा पाउन सकिएको छैन । अझ अहिले त उनको बारेमा नयाँ नयाँ तथ्हरु दैनिक आइरहेका छन् ।

हाल सिबिआईले सुशान्तको आत्महत्याको कारण थाहा पाउन तिव्र रुपमा अनुसन्धान गरिरहेको छ । यसैबिच सबैलाई चकित पार्ने तथ्य बाहिर आएको छ ।

भाजपा नेता सुब्रमण्डम स्वामीले सुशान्तलाई विष खुवाएर मारिएको र हत्यार तथा उनीहरुको शैतानी मानसिकता बिस्तारै सार्वजनिक भएको दाबी गरेका छन् । उनका अनुसार विष सुशान्तको पेटमा नै घोलियोस् भनेर पोस्टमार्टम गर्न पनि जानीजानी ढिला गरिएको हो । यसमा जो जिम्मेवार छन्, उनीहरुको कठालो समात्ने बेला भइसकेको पनि उनले बताएका छन् ।

यसअघि पनि सब्रमण्डमले सुशान्तको केसलाई लिएर मुम्बई प्रहरी सिरियस हुन आवश्यक रहेको बताएका थिए भने उनले पनि सिबिआई जाँचको माग गरेका थिए । सुब्रमण्डमको कुराले सुशान्तका फ्यानलाई निकै दुखी बनाएको छ । धेरैले उनको आत्महत्या नभएर हत्या नै भएको आशंका गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्