बलिउडका चर्चित अभिनेता सोनु सूद कोरोनाको कारण समस्यामा परेकाहरुको सहयोगमा निरन्तर जुटिरहेका छन् । उनले लकडाउनको समयमा लाखौँ प्रवासीलाई घर फर्काउन सहयोग गरेका थिए ।
आजभोली उनलाई धेरैले गरिबहरुको देवता भनेर चिन्न थालेका छन् । अब सोनुले २० हजार प्रवासी मजदुरलाई घर दिने भएका छन् । सोनुले नोएडाका प्रवासी मजदूरका लागि घर दिने घोषणा गरेका हुन् । जसको जानकारी सोनुले सोसल मिडियामार्फत गराएका छन् ।
सोनु स्वयमले सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिएका छन् । उनले दुख पाएका मजदुरहरुको लागि घर दिन पाउँदा आफूलाई धेरै नै खुसी लागेको बताएका छन् । उनले लाखौँ मजदुरलाई रोजगारी समेत दिएका छन् । यतिबेला सामाजिक सञ्जालमा सोनुका प्रशंसकले उनको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।