क्यान्सरको उपचारका लागि अमेरिका जादैँ बलिउड अभिनेता सञ्जय दत्त



अभिनेता सञ्जय दत्त फोक्सोको क्यान्सरसँग लडिरहेका छन् । यतिबेला उनको मुम्बईको लिलावती अस्पतालमा उपचार भैरहेको छ । तर भारतमा उनको पूर्ण रुपमा उपचार नहुने भएपछि उनी थप उपचारको लागि न्यूयोर्क जाने भएका छन् ।

सुरुमा सञ्जयलाई अमेरिकाको भिषा पाउन निकै नै मुश्किल भएको थियो । तर पछि उनले ५ बर्षको लागि भिषा पाएको भारतीय मिडियाले जनाएको छ । केहीसमय पछि सञ्जय आफ्नी बहिनी र श्रीमतीका साथ उपचारका लागि अमेरिका जाने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्