लामो समयदेखि भारतमा फिल्म हलहरु बन्द छन् । कोरोनाका कारण लकडाउन हुनुभन्दा अगाडी देखि नै भारतमा सिनेमा हलहरु बन्द गरिएका थिए । हलहरु बन्द भएका कारण धेरै चलचित्रको प्रदर्शन रोकियो ।
अब भने भारतमा विस्तारै फिल्म क्षेत्र खुल्न थालेका छन् । भारतले सरकारले चलचित्र तथा सिरियलको छायांकनको अनुमति समेत दिइसकेको छ । यस्तै अब भारतमा सिनेमा हलहरु पनि खुल्ने तयारमा छन् । यसैबिच लकडाउन भन्दा अगाडी प्रदर्शनको तयारीम रहेको रोहित शेट्ठीको चलचित्र सूर्यवंशी अब आउने दिपावलीमा प्रदर्शनमा आउने भएको छ ।
सूर्यावंशी मा अक्षय कुमार र कट्रिना कैफलाई मुख्य भूमिकामा देख्न सकिन्छ भने अजय देवगण र रणवीर सिंहको पनि केमियो भूमिका रहेको छ । सूर्यवंशी दर्शकले निकै नै प्रतिक्षा गरेको चलचित्र हो ।